बुटवलमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२०७८ फाल्गुण ३ मंगलबार ०९:१४:०० मा प्रकाशित

बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ मिलनचोकमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

गैडहवाका बिमल रानाले चलाएको लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेका प्रहरीले जनाएको छ । बिहान करिव चार बजेतिर अनियन्त्रित भई पल्टिएपछि मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका वडा नम्बर ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको बुटवल प्रहरीले बताएको छ ।

उनीहरुको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

ताजा खबर