एमसीसीमा मेरो भूमिका अम्पायर मात्र हो, निर्णायक भूमिका त दलहरूको हुन्छः सभामुख

२०७८ फाल्गुण २ सोमबार १८:३६:०० मा प्रकाशित

काठमाडौँ । सभामुख अग्नि सापकोटाले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सोमबार आफैंले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले यस विषयमा आफ्नो भूमिका अम्पायर जस्तो मात्रै भएको बताएका हुन् ।

उनले बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल जानकारी दिए । सभामुखले राजनीतिक दलहरुबीच सहमति भए आफू एमसीसी अघि बढाउन बाधक नहुने बताए । उनले भने,‘ म ओपन माइन्ड छु । सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु । एमसीसीका सम्बन्धमा म त अम्पायर न हो । निर्णायक भूमिका त दलहरूको हुन्छ ।’

उनले दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अव संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए ।

ताजा खबर