अस्थिरतावादीहरूले संविधान कार्यान्वयनमा फेरि व्यवधान खडा गर्न खोजेः अध्यक्ष ओली

२०७८ फाल्गुण २ सोमबार १३:४९:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भएको बताएका छन् ।

सोमबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव निर्वाचन नगर्ने षड्यन्त्रकारुपमा आएको बताएका हुन् । यो सबै गतिविधि स्थानीय निर्वाचन समयमा नगराउने षड्यन्त्र भएको भन्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनविरुद्ध एमाले एक हुने बताए ।

उनले एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गर्ने काम गठबन्धनले गरेको आरोप लगाए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरतावादीहरूले संविधान कार्यान्वयनमा फेरि व्यवधान खडा गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘लोकतन्त्रको कार्यान्वयन, सुदृढीकरण र संविधानको कार्यान्वयनमा व्यवधान पुर्याउन अगाडिदेखि नै लागिरहेका छन् । अस्वाभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण र तथाकथित गठबन्धन निर्माण गरेर अनेक तमासा भइरहेका छन् ।’

ताजा खबर