चीन भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री खान

२०७८ फाल्गुण २ सोमबार १३:२०:०० मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि उनले बताए । प्रधानमन्त्री खानले भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी दिएका छन् ।

उनी बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएका थिए । भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

ताजा खबर