सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

२०७८ फाल्गुण २ सोमबार ०७:५१:०० मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज दिउँसो दुई बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन् । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छन् । यता आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सारिएको छ ।


 

ताजा खबर