इण्डोनेशियाको समुद्री किनारमा ज्वारभाटाले बगाउँदा कम्तीमा ११ जनाको मृत्यु

२०७८ फाल्गुण १ आइतबार २०:१६:०० मा प्रकाशित

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर ११ जनाको मृत्यु भएको छ । दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब १२ः२५ बजे भएको बताइएको छ । जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई सामुद्रिक ज्वारभाटाले बगाएको र उनीहरूमध्ये ११ जनाको मृत्यु भएको पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाले जानकारी दिएका छन् ।

उनले भने, “अचानक ज्वारभाटा आएर तिनीहरूलाई समुद्रमा बगाएर लग्यो । यो जाभा टापुको दक्षिणी तटमा थियो र छालहरू निकै ठूला थिए ।” प्रशासनले सामुद्रिक इलाकामा कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको भएपनि उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनामा १२ जनालाई भने जीवितै उद्धार गरिएको बताइएको छ ।
 

ताजा खबर