एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

२०७८ फाल्गुण १ आइतबार १६:३५:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा यथावत् छ ।

 

ताजा खबर