कमल थापाले राप्रपा नेपाल ब्यूँताउने, सात गते घोषणा सभा

२०७८ फाल्गुण १ आइतबार १५:०७:०० मा प्रकाशित

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपा नेपाल ब्यूँताउने भएका छन् । आइतबार विज्ञप्ति जारी गरी थापाले देशको धरातलीय यथार्थ र साथीहरुको सुझाव अनुसार राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताएका हुन् ।

उनले भनेका छन्,‘देशको धरातलीय यथार्थ र साथीहरुको सुझाव अनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ । केही समयको अलमल पछि घर फर्केका छौँ । यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका नेता लाक्पा तामाङलाई धन्यवाद । राप्रपा नेपालमा आवद्ध हुन र सकारात्मक परिवर्तनमा सहभागी हुन सबैमा अपिल गर्दछु ।’

ताजा खबर