जापानी लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

२०७८ फाल्गुण १ आइतबार १३:५८:०० मा प्रकाशित

जनवरीमा बेपत्ता भएको जापानी एफ–१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो। अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ ।

उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो।

ताजा खबर