रुसमा एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण

२०७८ फाल्गुण १ आइतबार १३:३६:०० मा प्रकाशित

रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् ।

यहाँ हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित देखिने गरेका स्वस्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ ।

त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ७२९ जना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

ताजा खबर