प्रतिनिधिसभाको बैठक बुधबार बस्ने

२०७८ फाल्गुण १ आइतबार १२:३९:०० मा प्रकाशित

काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । संसद सचिवालयले आइतबार सूचना जारी गरी फागुन २ गतेका लागि बोलाइएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा बैठक सार्न एमालेले आग्रह गरेकाले दुई नेताले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेका थिए ।

ताजा खबर