भारतमा थप ४४ हजारलाई कोरोना संक्रमण

२०७८ फाल्गुण १ आइतबार १०:५५:०० मा प्रकाशित

भारतमा कोरोना संक्रमण दिनदिनै घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४४ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ८७७ जना संक्रमित थपिँदा दैनिक संक्रमण दर ३.१७ पुगेको छ । हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार ४५ पुगेको छ।

ताजा खबर