गठवन्धन बनाए एमालेलाई केही फरक पर्दैनः उपमहासचिव गुरुङ

२०७८ माघ २९ शनिबार २२:३६:०० मा प्रकाशित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आएपनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।

प्रेस चौतारी नेपाल लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने बताएका हुन् ।

नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताए । उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।” उहाँले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउने बताए ।

ताजा खबर