उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एक जनाको मृत्यु, ४२ घाइते

२०७८ माघ २९ शनिबार २२:२२:०० मा प्रकाशित

उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका सार्वजनिक सुरक्षा अधिकारीहरूले बताएका छन् । अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सीसीटिभीले बताएको छ ।

लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ । शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइते भएका छन् ।

सामाजिक सञ्जालमा प्रसारित अर्को भिडियो क्लिपमा विस्फोटनको कारण मानिसहरू बस नजिकै सडक छेउ बसिरहेका देखिएका छन् । विस्फोटनको कारणबारे जाँच भइरहेको छ ।

ताजा खबर