मछिन्द्रद्वारा च्यासल पराजित

२०७८ माघ २९ शनिबार १६:४९:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले हराएको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिलले एक÷एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । यस्तै सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको छ । सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे ।

आकाशले खेलको १९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् । यो जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ ।

ताजा खबर