एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्णः वरिष्ठ उपाध्यक्ष पोखरेल

२०७८ माघ २९ शनिबार १४:४४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष प्रचण्ड लागि परेको बताए । उनले प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत लगाए ।

पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराए । पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

ताजा खबर