अमेरिकाले पोल्याण्डमा थप तीन हजार सैनिक पठाउने

२०७८ माघ २९ शनिबार ११:४९:०० मा प्रकाशित

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएका छन् । ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा कुनै पनि समय आक्रमण गर्न सक्ने र जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुने बताएका छन् । मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ।

सैनिकहरु अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ । एयरबोर्न सैनिकहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदैछ ।

यसअघि पुगेका १७ सय सैनिकसँग सम्मिलित हुनेछन् । यसै बीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताइन् ।

 

ताजा खबर