बाइडेन–पुटिन बीच टेलिफोन वार्ता हुँदै

२०७८ माघ २९ शनिबार ११:४७:०० मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शनिबार फोन वार्ता हुने भएको छ । अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको क्रेमलिनका प्रवक्तालाई उदृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।

यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ । त्यस्तै अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको छ ।

ताजा खबर