‘नुनको भारी’

२०७८ माघ २९ शनिबार ०७:५०:०० मा प्रकाशित

काठमाडौँ । हुम्लामा मोटर पुग्न सकेको छैन । भौगोलिक रुपमा बिकट जिल्ला हुम्लाको कथालाई समेटेर गायक बादल थापा मगरको स्वर तथा संगीतमा ‘नुनको भारी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

हुम्लाका जनताको आवाज बोल्ने भिडियोमा त्यहाँका जनताको दुःख पीडालाई यथार्थ रुपले प्रस्तुत गर्न खोजिएको छ। लेखराज गिरीको शब्द रचना रहेको गीतले हुम्लाका जनताको यथार्थ बोकेको छ । नेपाल सरकारको ध्यान त्यहाँका जनताको दुःख पीडामा पनि पुग्न सकोस् भन्ने उद्देश्यले यो भिडियो निर्माण गरिएको निर्माण टिमले बताएको छ ।

विनय पौडेलको निर्देशनमा बनेको भिडियोले कर्णाली बासीको दुःख बोकेको छ । भीमसेन कल्याल ठकुरीले छायाँकन गरेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् । लक्ष्मण देवकोटा र सरस्वती खत्रीको जिवन्त अभिनय रहेको भिडियो गायक बादल थापाको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

ताजा खबर