क्यानडाका प्रधानमन्त्रीद्वारा ट्रक चालकहरुलाई आन्दोलन अन्त्य गर्न आग्रह

२०७८ माघ २८ शुक्रबार २१:५८:०० मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले ट्रक चालकहरुलाई आन्दोलन तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने व्यवस्थाका विरुद्धमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न उनले आग्रह गरेका हुन् ।

देशका विपक्षी दलका नेताहरूसँगको छलफलका क्रममा उनले आन्दोलन अन्त्यका लागि सहयोग गर्न पनि अनुरोध गरेका थिए । उनले विपक्षी दलका नेताहरुलाई आन्दोलनको अवस्था, त्यसको असर र समाधानका उपायका बारेमा जानकारी गराएका थिए ।

गत जनवरीको अन्त्यदेखि सुरु भएको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको र धेरै हानी नोक्सानी भएको बताइएको छ । क्यानडा सरकारले सिमा नाका पार गर्नका लागि चालकहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएको हुनुपर्ने शर्त राखेपछि उनीहरू आन्दोलित भएका हुन् ।

“सरकारले गरेको निर्णयका विरुद्धमा र अवैधानिक कार्यविरुद्धमा उभिनु र त्यसको अन्त्य गर्न संसदका सवै सदस्यहरूको दायित्व हो, यसमा सरकार मात्रै नभइ प्रतिपक्षी दलहरुको पनि जिम्मेबारी हुन्छ,” उनले भने । उनले आन्दोलन अन्त्यका लागि आफूले र सरकारले विभिन्न पहल गरेको भएपनि अहिलेसम्म सफल हुन नसकेको पनि उल्लेख गरे ।

 

ताजा खबर