१,१२८ जनामा कोरोना संक्रमण, २,२१५ जना संक्रमणमुक्त

२०७८ माघ २८ शुक्रबार १६:१९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७२१४१ पुगेको छ । त्यस्तै २२१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९३२८२२ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८७८ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना छन् भने आइसोलेसनमा २७४४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर