पेरुमा बस दुर्घटना, २० जनाको मृत्यु

२०७८ माघ २८ शुक्रबार ११:४०:०० मा प्रकाशित

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । बस करिब एक सय मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४ः४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहर बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ । सुरक्षा अधिकारीहरुका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकमा चिप्लिएको थियो ।

नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।

 

ताजा खबर