बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

२०७८ माघ २८ शुक्रबार १०:२०:०० मा प्रकाशित

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित करुणा मन्दिरको हातामा शुक्रबार बिहान मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ ।

क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि खोलेर हेर्दा मूर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

माघ पहिलो साता मूर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । त्यस्तै मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिएको थियो । 
 

ताजा खबर