चप्पल गोदाममा आगलागी हुँदा दाङमा पाँच जनाको मृत्यु

२०७८ माघ २८ शुक्रबार ०८:४४:०० मा प्रकाशित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी हुँदा पाँच जनाको मृत्यु भएको छ । राति करिब पौने दुई बजेदेखि आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो ।

बिहान बेहोस अवस्थामा फेला पारी उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

विद्युतको मिटर पड्किँदा आगलागी भएको उनले बताए । मृत्यु हुनेमा चार पुरुष र एक बालिका छिन् । तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेपनि बिहान सात बजेपछि मात्र आगलागी नियन्त्रणमा आएको थियो ।

ताजा खबर