एमसीसीमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई कोइरालाको आग्रह

२०७८ माघ २७ बिहीबार ११:०७:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न कांग्रेस नेता कोइराला बिहीबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए ।

भेटमा प्रचण्ड र कोइरालाबीच एमसीसी र स्थानीय तह तहको चुनावमा गठबन्धनका विषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले कांग्रेस कुनै दलसँग गठबन्धनमा जान नसक्ने प्रचण्डलाई बताउनुभएको कांग्रेस नेता अमरेशकुमार सिंहले जानकारी दिए ।

कोइरालाले माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए । त्यस्तै कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेका थिए । केही दिनअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै गएर भेट गरेका थिए ।

 

ताजा खबर