ट्रक चालकको आन्दोलनप्रति प्रधानमन्त्री ट्रुडोको आक्रोश

२०७८ माघ २७ बिहीबार ०८:१९:०० मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै त्यो स्वीकार्य नहुने बताएका छन् । संसद्मा बोल्दै ट्रुडोले कोभिड नियमहरूको बचाउ गरेका छन् ।

उनले अवरोध स्वीकार्य नहुने र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर परेको बताएका छन् । उनले यसलाई अन्त्य गर्न सबथोक गर्नुपर्ने बताए । उनले प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको बताए ।

ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ ।

लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ । सोमबारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्याएका छन् । अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएपछि ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले प्रदर्शन अन्त्यको आह्वान गरेकी छन् ।

ताजा खबर