एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशभर प्रदर्शन गर्ने

२०७८ माघ २६ बुधबार २३:२४:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीले एमसीसीविरुद्ध फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले जानकारी दिएका छन् ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिए । फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको यस्तो निर्णय आएको हो ।

ताजा खबर