कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकको एजेण्डा तय

२०७८ माघ २६ बुधबार १९:५२:०० मा प्रकाशित

काठमाडौं । कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई गतिशील बनाउने विषयमा पनि बैठकमा छलफल हुने बताए ।

ताजा खबर