अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी नेपाललाई भिडायोः अध्यक्ष केसी

२०७८ माघ २६ बुधबार १९:३८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनीतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी)बिरुद्धको संयुक्त प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताए । उनले अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए ।

उनले विदेशी शक्तिले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धका लागि किन्ने गरेको बताए । उनले सत्ता गठबन्धनमा नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे ।

ताजा खबर