एसईई आगामी वैशाख ९ गतेदेखि हुने

२०७८ माघ २६ बुधबार १७:४७:०० मा प्रकाशित

काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि संचालन गर्नै निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी दिएका छन् । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ ।

परीक्षाको विषयगत समयतालिका बिहीबार सार्वजनिक गरिने रायमाझीले बताएका छन् । कोभिडले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको बोर्डले जनाएको छ ।

ताजा खबर