निर्वाचन रोक्न दिएको निवेदन सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

२०७८ माघ २६ बुधबार १७:२२:०० मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै दिएको निवेदन दरपिठ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका मेयर संजीवकुमार साहले सर्वोच्च अदालतमा दिएको निवेदन दरपिठ भएको हो । सर्वोच्चका रजिष्ट्रारले निवेदन बिना आधार प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गरेका हुन् ।

स्थानीय तहको पाँच वर्षको कार्यकाल नपुग्दै नयाँ चुनाव गर्न नमिल्ने दाबी गरेर मेयर साहले सर्वोच्चमा निवेदन दिएका थिए । मधेस प्रदेशका स्थानीय तहमा २०७४ असोज २ मा निर्वाचन भएको थियो । त्यसको ५ वर्ष नपुग्दै सरकारले आगामी बैशाख ३० मा निर्वाचन गराउने घोषणा गरेपछि साहले त्यसविरुद्ध निवेदन दिएका थिए ।

ताजा खबर