२,४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

२०७८ माघ २६ बुधबार १६:३३:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४०१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ७७७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइसोलेसनमा ३०२४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर