पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न थापालाई राप्रपाको आग्रह

२०७८ माघ २५ मंगलबार १९:४१:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा काठमाडौंमा बसेको पदाधिकारी बैठकले थापालाई पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

थापाले मंगलबार दिउँसो हेटौंडामा पत्रकार सम्मेलन गरी पार्टीबाट अलग भएको घोषणा गरेका थिए। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं।”

ताजा खबर