१,९५७ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

२०७८ माघ २५ मंगलबार १६:३५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६८६११ पुगेको छ । त्यस्तै ५१०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९२०५९२ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८३८ पुगेको छ । क्वारेन्टाइनमा १४० जना छन् भने आइसोलेसनमा ३६१८१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर