प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

२०७८ माघ २५ मंगलबार १५:५२:०० मा प्रकाशित

काठमाडौं । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याएका छन् ।

प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा सुदीप सागरको सङ्गीत संयोजन रहेको छ । प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा र बिना राउतको अभिनय छ ।

नवराज उप्रेतीले छायाङ्कन गर्नुभएको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ । गायक विश्वकर्माको च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत् उक्त भिडियो सार्वजनिक भएको हो ।

ताजा खबर