पार्टीबाट अलग हुने कमल थापाको घोषणा

२०७८ माघ २५ मंगलबार १३:४९:०० मा प्रकाशित

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको बताएका छन् ।

उनले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना रहेपनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको बताएका छन् । उनले पीडाबोधका साथ आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको बताएका छन् ।

ताजा खबर