बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

२०७८ माघ २४ सोमबार २३:१९:०० मा प्रकाशित

बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्ने भएकी छन् । यही फेब्रुअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उदृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।

विशेष  गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए ।

तर त्यतिबेला उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो । बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।

ताजा खबर