१२ करोड राजस्व छली गर्ने चार जनाविरुद्ध मुद्दा

२०७८ माघ २४ सोमबार २०:५१:०० मा प्रकाशित

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै, सोही उपमहानगरपालिका–५ का अनुप ताम्राकार र वडा नं ६ का निर्मलकुमार ताम्राकारविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ । उनीहरूमाथि बिना बिलबिजक, गैर कर बिजकबाट माल वस्तुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धिकर ऐन तथा आयकर ऐन विरुद्धको गतिविधि गरेको आरोप लागेको छ ।

विभागले उनीहरू विरुद्ध १२ करोड १९ लाख ४० हजार ६४३ बराबरको बिगो दाबी गरेको छ । विभागले यही २० माघमा मुद्दा दायर गरेको भए पनि सोमबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

ताजा खबर