प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

२०७८ माघ २३ आइतबार ०९:०१:०० मा प्रकाशित

काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान उनको निधन भएको हो ।

जनवरीको सुरुमा कोभिड संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले नेपाली गीतहरु पनि गाएकी छन् । उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

ताजा खबर