कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

२०७८ माघ २२ शनिबार १९:५०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आगामी बिहीबारका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी बिहीबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका अनुरोध गरेका छन् । म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा बैठकमा छलफल हुने उनले बताए ।

ताजा खबर