निर्वाचनको मिति घोषणा नगरे जनपरिचालन गर्ने पोखरेलको चेतावनी

२०७८ माघ २२ शनिबार १७:५६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।

प्रेस चौंतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोपसमेत लगाए पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ । यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन, देखेन, थाहा पाएन । श्रीमानहरुले बनाए । श्रीमान्हरुले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ । यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जनपरिचालन हुन्छ ।’

पोखरेलले सरकारले संविधान र कानुन विपरित काम गरे सञ्चार माध्यामहरुले पनि विरोध गर्नुपर्ने बताए ।

ताजा खबर