उखुबारी हत्याकाण्डमा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ

२०७८ माघ २२ शनिबार १३:४६:०० मा प्रकाशित

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा भएको हत्या प्रकरणमा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नम्बर–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ समेतको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा संलग्न उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले घटना संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ ।

 

ताजा खबर