राष्ट्रपति सी र पुटिन बीच बेइजिङ ओलम्पिकमा वार्ता

२०७८ माघ २२ शनिबार १३:१७:०० मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रूस सम्बन्ध र अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दाहरूमा गहन विचार आदानप्रदान गरेका विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति सीले पुटिनको भ्रमणलाई 'शीतकालीन ओलम्पिकका लागि गेट–टुगेदर' गर्ने प्रतिबद्धताको रूपमा वर्णन गरेका थिए । उनले शुक्रबारको 'वसन्त पर्व बैठक' ले चीन–रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वास व्यक्त समेत व्यक्त गरेका छन् । गहिरो र जटिल विकासले भरिएको अन्तराष्ट्रिय परिदृश्यको प्रतिक्रियास्वरूप चीन र रुसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ बजबुद बनाउन र अन्तरराष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिएका छन् ।

सीले रुससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्ण फाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिएका छन् ।

उनले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताएका छन् ।

विगत दुई दशकमा सांघाई सहयोग संगठनले गरेको असाधारण यात्रा र अन्तराष्ट्रिय समुदायमा महत्वपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रुससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि पनि उल्लेख गरेका छन् । भेटमा दुई नेता बीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड–१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

ताजा खबर