अमन प्रधानको ‘नक्कली’

२०७८ माघ २१ शुक्रबार १६:५७:०० मा प्रकाशित

काठमाडौं । युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन । युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ ।

टीका दाहालले सङगीतवद्ध गरेको गीतलाई गायक प्रधानका बुबा राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ । अन्स्क्रिन प्रेम र मनोरञ्जनलाई प्रस्तुत गरिएको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास धमलाले सम्पादन गरेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो ।

 

ताजा खबर