प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार नियुक्त

२०७८ माघ २१ शुक्रबार १६:११:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक भएर काम गरेका थिए । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

ताजा खबर