अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट २३ जनाको मृत्यु

२०७८ माघ २१ शुक्रबार १२:०२:०० मा प्रकाशित

अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ ।

विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरिरहेका छन्। अधिकारीहरूले यसमा मुसाको विष परेको हुन सक्छ भन्ने कुरालाई अस्वीकार भने गरेका छैनन् ।

ब्युनस आयर्सका सुरक्षा मन्त्री सर्जियो बर्नीले पछिल्लो २४ घण्टाभित्र कोकिन किनेका मानिसहरूलाई फ्याँक्न आग्रह गरेका छन् । अर्जेन्टिना प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र थुप्रै संदिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएको छ।

ताजा खबर