३५ सय रुपैयाँ घुससहित वडा सचिव पक्राउ

२०७८ माघ २० बिहीबार १६:४३:०० मा प्रकाशित

काठमाडौं । ३५ सय रुपैयाँ घुससहित एकजना नायव सुब्बा पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आयोगको कार्यालयको हेटौँडाको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग उनले घुस मागेका थिए । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

ताजा खबर