ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

२०७८ माघ २० बिहीबार १३:३३:०० मा प्रकाशित

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो । यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् ।

उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ । यहाँका अधिकारीहरुले केही स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेको बताएका छन् ।

ताजा खबर