कांग्रेसले सभामुख हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न एमाले तयार छः सचिव रायमाझी

२०७८ माघ २० बिहीबार १२:३८:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न एमाले तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममासचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् ।

उनले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । उनले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रष्ट पार्ने बताए ।

उनले सत्ता गठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए । सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए ।

ताजा खबर