लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाका लागि इयूको ३७ लाख यूरो सहयोग

२०७८ माघ १९ बुधबार २२:२३:०० मा प्रकाशित

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली संघबाट ३७ लाख यूरो (करीब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन(यूनिडो) ले बुधबार सहयोगको घोषणा गरेको हो ।

लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएका छन् ।

आफ्नो पक्षमा बुचिकियानले युनिडोमार्फत् युरोपेली पहलको प्रशंसा गर्दै भने, “तेलबाहेक अन्य वैकल्पिक ऊर्जा स्रोतमा भर पर्नु एकदमै आवश्यक र महत्वपूर्ण छ, जसले लागत बचत गर्छ र उत्सर्जन र प्रदूषण कम गर्छ ।” मन्त्रीले यस क्षेत्रको विकास र आधुनिकीकरणको सुनिश्चितताका लागि नयाँ औद्योगिक परियोजनाहरू स्थापना गर्नुपर्नेमा पनि जोड दिए ।

ताजा खबर